साफ यू १५: बंगलादेशलाई हराउँदै नेपालको लगातार दोस्रो जित
pahilopost.com · Sat Nov 05 16:33:12 GMT 2022
काठमाडौं: साफ यू १५ महिला च्याम्पियनसीप अन्तर्गत आज सम्पन्न खेलमा नेपालले बंगलादेशलाई हराएको छ। बंगलादेशको ढाकामा जारफ प्रतियोगिताको आज सम्पन्न खेलमा नेपालले घरेलु टोलीमाथि १-० गोलको जित निकालेको हो।
नेपालको जितमा वर्षा ओलीले निर्णायक गोल गरिन्। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको खेलको ८७ औं मिनेटमा उनले गोल गरेकी थिइन्। जारी प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो। यसअघिको खेलमा नेपालले भुटानमाथि ७-० गोलको जित निकालेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)