कमला नदीको भूत मेला : धर्मसंस्कृतिप्रतिको आस्था कि वास्तविकता ?
shilapatra.com · Mon Nov 27 00:54:16 GMT 2023
विज्ञान र प्रविधिको आधुनिक युगमा भूतप्रेत, धामीझाँक्री, तान्त्रिक सिद्धिमा विश्वास गर्ने जमात एकदमै न्यून छ । तर, धनुषा र सिरहा जोड्ने कमला नदीमा लाग्ने भूत मेलामा देखिने भिडले हाम्रो समाज अझै पनि भूतप्रेत, धामीझाँक्रीजस्ता अन्धविश्वासमा अलमलिएको भान हुन्छ । चिसो मौसममा काम्दै धामीझाँक्रीको आदेशमा कमलाको धार (पानी) मा डबुल्की लगाउनेहरूको आत्मविश्वास देख्दा लाग्छ– यो धर्मसंस्कृतिप्रतिको आस्था हो या साँच्चै नै अन्धविश्वासको हो ? हुन त कमला नदीको पवित्रता र महात्माबारे विभिन्न धार्मिक पुस्तकहरूमा धेरै चर्चा र वर्णन गरिएको पाइन्छ ।
कार्तिक शुक्ल पूर्णिमामा धार्मिक र ऐतिहासिक नदी कमलामा नुहाएपछि तान्त्रिक विद्या सिद्ध हुने जनविश्वास छ । त्यसैगरी, ‘भूतप्रेत’ बाट पिरोलिएकाहरूले काम्दै कमलामा स्नान गरेपछि शरीरबाट ‘भूतप्रेत’ उत्रिने र स्वस्थ हुने मान्यता छ । त्यसैले कार्तिक शुक्ल पूर्णिमामा यहाँ हजारौँ संख्यामा श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)