बाँके, बर्दियाका व्यवसायी आन्दोलित
ekantipur.com · Wed Dec 13 16:52:56 GMT 2023
नेपालगन्ज — बाँके, बर्दियाका व्यवसायी आन्दोलित भएका छन् । बैंकको सास्ती रोक्न, सरकारले भन्सार नीतिलाई राज्यका सबै संयन्त्र परिचालन गरी भन्सारबाट आयात तथा निर्यात हुने सबै सामग्रीमा कर नीतिलाई नीतिगत तहमै कडा रुपले कार्यान्वयन गर्न माग गर्दै बाँके र बर्दियाका व्यापारी सम्मिलित व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समितिले पुसदेखि दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको हो ।
संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गरेर पुस ५ गते नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय नेपालगन्ज र जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला प्रहरी कार्यालय, भन्सार कार्यालय, वाणिज्य बैंकहरुसँग सरोकारवाला संघ, संस्था र व्यवसायीका बीचमा 'टक सो' गर्ने, पुस ७ गते नेपालगन्जको राष्ट्र बैंक अगाडि धम्बोझीचोकमा बृहत् व्यावसायिक आमसभा गर्ने, पुस ७ गते नै कोहलपुर, बर्दियाको बाँसगढी र गुलरियामा बृहत् व्यावसायिक कोणसभा गर्नेलगायत कार्यक्रम सार्वजनिक गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)