शैक्षिक गुणस्तर सुधार्न विद्यालयमा पूर्वाधार विकास
barnanmedia.com · Thu Mar 26 22:24:07 GMT 2026

यहाँको लहान नगरपालिका–८ स्थित सिद्धार्थ आधारभूत विद्यालयमा बिहीबार एक विशेष कार्यक्रमका बीच नवनिर्माण गरिएको चारकोठे भवन, हात धुने स्थान, शौचालय र खानेपानी संरचना हस्तान्तरण गरिएको छ ।
विद्यालयमा निर्मित चारकोठे भवन नगरपालिकाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत रु ४५ लाख लागतमा निर्माण गरेको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिनुभयो । यसका साथै नगरपालिकामा सञ्चालित ‘द विकन परियोजना’मार्फत रु १७ लाख ५३ हजार १७८ को लागतमा भवनबाहेकका अन्य सरसफाइ र खानेपानीका संरचना निर्माण गरिएका हुन् । यो परियोजनामा वाटर एड नेपाल, नेपाल खानेपानी संस्थान, लहान नगरपालिका र दलित जनकल्याण युवा क्लब साझेदारका रूपमा रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)