चैत्र शुक्ल अष्टमी : राष्ट्रपति पौडेलद्वारा सेतो मच्छेन्द्रनाथको पूजा आराधना एवं दर्शन
barnanmedia.com · Thu Mar 26 22:25:34 GMT 2026

काठमाडौँ, १३ चैत : सेतो मच्छेन्द्रनाथको रथ तानेर असन ल्याएपछि बिहीबार राति राष्ट्रपति रामचन्द्र पौडेलले रथको पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गर्नुभएको छ ।
असनमा राति करिब १०ः०० बजे उहाँले सेतो मच्छेन्द्रनाथको दर्शन एवं पूजा आराधना एवं दर्शन गर्नुभएको हो । सेतो मच्छेन्द्रनाथको रथ तानेर असन ल्याएको राति राष्ट्राध्यक्षले असनमै पुगेर पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)