सब्जी मण्डी भत्काएर व्यापारिक भवन बनाउने योजनाको विरोध
gorkhapatraonline.com · Wed May 20 04:47:39 GMT 2026

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले वडा नं. ५ स्थित अदालत अगाडि रहेको तरकारी (सब्जी) मण्डी भत्काएर बहुउद्देश्यीय भवनका नाममा व्यापारिक भवन निर्माण गर्ने योजना अघि बढाएपछि चौतर्फी विरोध सुरु भएको छ । करिब २० वर्षअघि लाखौँ रुपियाँ खर्चेर निर्माण गरिएको सब्जी मण्डी हालसम्म सञ्चालनमा नल्याई भत्काएर पुनः नयाँ बहुउद्देश्यीय भवन बनाउन लागिएको भन्दै स्थानीय, राजनीतिक दल तथा उद्योगी–व्यवसायीहरूले विरोध जनाएका हुन् ।
रामग्राम नगरपालिकाले उक्त स्थानमा करिब ९ करोड रुपियाँको लागतमा प्रशासनिक भवनको नाम दिइए पनि व्यवहारमा व्यापारिक भवन निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ । तर नगरपालिकाको मुख्य प्रशासनिक भवन हाल वडा नं। १२ मा सञ्चालनमा रहेको र त्यहीँबाट सेवा प्रवाह भइरहेको अवस्थामा नयाँ योजना अघि सारिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)