मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गाँजा र ब्राउनसुगरसहित पाँच जना समातिए, एक फरारको खोजी जारी

kalakarmi.com · Wed May 20 04:48:17 GMT 2026

काठमाडौं- विभिन्न स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् । काठमाडौं- महानगरपालिका-१४ बल्खुबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १४० ट्याब्लेट सहित काठमाडौं बल्खु बस्ने नुवाकोट लिखु गाउँपालिका-८ घर भएका २४ वर्षीय प्रकाश दर्जीलाई मंगलवार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी, उदयपुर, उदयपुरगढी गाउँपालिका-४ तितिरेबोट लागूऔषध गाँजा करिब ६ किलोग्रामसहित २ जनालाई मंगलवार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा लहान नगरपालिका-१७ बस्ने ४५ वर्षीया लिलादेवी राम र सोही नगरपालिका-८ बस्ने ४० वर्षीया अस्मिता राम रहेका छन् । अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरीले ढुङग्रेबाट नेपालटारतर्फ आउँदै गरेको स‍‍ १ ज ५९० नम्बरको बोलेरोमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यस्तै, सप्तरी सप्तकोशी नगरपालिका-१ फत्तेपुर जुटपानीबाट अवैध लागूऔषध गाँजा १३ किलो २५० ग्राम सहित सोही नगरपालिका-९ कमलपुर बस्ने २१ वर्षीय विजय कुमार यादवलाई मंगलवार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै प्रहरीले घटनामा संलग्न हाल फरार १ जनाको खोजी गरिरहेको छ ।

झापा, कनकाई नगरपालिका-३ कालीस्थान चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ४३ वर्षीय चन्द्र बहादुर पौडेललाई मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)

सम्बन्धित विषय