मुख्य सामग्रीमा जानुहोस्

समाचार

Weather

औसतभन्दा अगाडि नै भित्रिँदै मनसुन

nayapatrikadaily.com · Sun Jun 05 00:27:00 GMT 2022

नेपालमा औसत १३ जुनमा मनसुन भित्रिने गर्छ । तर, यो वर्ष दुई–तीन दिनअघि नै भित्रिने आकलन गरिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताइन् । यसपटक बंगालको खाडीनजिकको निकोबार र एन्डमान टापुमा औसतभन्दा अघि नै मनसुनी गतिविधि सक्रिय भएपछि भारतमा मनसुन सुरु भइसकेको छ ।

‘त्यसको अप्रत्यक्ष असर नेपालमा पनि देखिन थालेको छ । जलवाष्पयुक्त हावा प्रवेश गर्न थालेसँगै मनसुन सुरु भएको मानिनेछ,’ मौसमविद् नगरकोटीले भनिन्, ‘मनसुन सुरुवातमै सक्रिय हुन्छ कि हुँदैन भनेर अहिल्यै आकलन भइसकेको छैन ।’ करिब चार महिनाको मनसुनी अवधिमा मात्र नेपालमा औसत १५ सय मिलिमिटर पानी पर्छ, जुन वार्षिक वर्षाको ८०.५ प्रतिशत हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)