म्यानचेस्टरमाथि ब्रेन्टफोर्डको चार गोल
ekantipur.com · Sun Aug 14 00:43:20 GMT 2022
लन्डन — पहिलो हाफको उत्कृष्ट प्रदर्शनको मदतले ब्रेन्टफोर्डले इंग्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर युनाइटेडलाई ४–० ले हराएको छ । ब्रेन्टफोर्डका चारै गोल पहिलो हाफको ३५ मिनेटभित्र सम्भव भएको थियो ।
यस जितमा जेस डासिल्भा, म्याथिस जेन्सन, मेन मी र ब्रायन एमबेमोले एक एक गोल गरे । म्यानचेस्टर लिगमा घर बाहिर पराजित भएको यो लगातार सातौं खेल हो र यो सन् १९३६ यताकै खराब प्रदर्शन हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)