तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइदै
barnanmedia.com · Sat Jun 13 00:08:55 GMT 2026

तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वन र करादिन सामुदायिक वनमा रुद्राक्ष पकेट क्षेत्र बनाइने भएको छ । अनुसन्धानको क्रममा रुद्राक्ष उत्पादनको लागि उपयुक्त वातावरण देखिएपछि यस स्थानका दुई सामुदायिक वनमा रुद्राक्ष रोपण गरिने भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।
यहाँको दुई सामुदायिक वनको तीन हेक्टर क्षेत्रफलमा पकेट क्षेत्रको रूपमा विकास गर्दै रुद्राक्ष रोपण गर्न लागिएको प्रमुख डिभिजन वन अधिकृत मनोज रानाभाटले जानकारी दिनुभयो । “ठूलो परिमाणमा तनहुँमा पहिलो पटक रुद्राक्ष रोपण गर्न लागिएको हो”, उहाँले भन्नुभयो, “यस क्षेत्रको मागका साथै उत्पादन राम्रो हुने भएपछि पकेट क्षेत्रको रूपमा विकास गर्ने योजना बनाइएको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)