म्यानमार: जारी प्रदर्शनमा मृत्यु हुनेकाे संख्या ५१० नाघ्याे
nepallive.com · Tue Mar 30 17:12:00 GMT 2021
काठमाडाैं- म्यानमारमा फेब्रुअरी १ मा सेनाले ‘कू’ गरेपछि जारी प्रदर्शनमा मृत्यु हुनेकाे संख्या ५१० नाघेकाे छ। समाचार एजेन्सी रायर्टसका अनुसारका अनुसार साेमबार मात्रै १४ जनाकाे मृत्यु भएकाे थियाे। यता मंगलबार थप दुई जनाकाे मृत्यु भएकाे एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)ले जनाएकाे छ।
प्रजातन्त्रवादीहरु मंगलबार सडकमा फोहोर फाल्दै आन्दोलन गरिरहेका छन्। गत शनिबार एकैदिन म्यानमारमा १४१ प्रदर्शनकारी मारिएका थिए। युरोपेली संघले यस दिनलाई ‘आतंकको दिन’ भनेकाे छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)