खेर गयो युवा पुँजी, अस्तव्यस्त मुलुक
rajdhanidaily.com · Wed Aug 25 23:37:26 GMT 2021
हाम्रो देशको राष्ट्रिय युवा नीतिले तय गरेअनुसार १६ देखि ४० वर्षको उमेर समूहलाई युवाशक्ति भनिएको छ । पछिल्लो तथ्यांकअनुसार नेपालमा ४० दशमलव ३५ प्रतिशत युवाको संख्या छ । यसमा पनि महिला ५४ दशमलव ५ प्रतिशत र पुरुष ४५ दशमलव ५ प्रतिशत रहेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार १ करोड २२ लाख ७८ हजार १ सय १३ जना युवा रहेको बताइएको छ । नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको साक्षरता दर ७१ प्रतिशत रहेको छ । अझै पनि एकातिर २९ प्रतिशत युवापुस्ता अशिक्षित रहेको अवस्था छ भने अर्कोतिर शिक्षित युवामा पनि व्यावसायिक दक्षताको कमी छ । त्यसैले युवाहरू बेरोजगार छन् । रोजगारीका लागि बिदेसिएका छन् । उनीहरूको ऊर्जा देश निर्माणमा उपयोग हुन सकेको छैन ।
विदेश जान नेपाली युवाका लागि बाध्यता जस्तो भइरहेको छ । विदेश जाने युवाहरूमा २ प्रतिशत दक्ष, २४ प्रतिशत अर्धदक्ष र ७४ प्रतिशत अदक्ष रहेको राष्ट्रिय युवा परिषद्को प्रतिवेदनले देखाउँछ । विदेश जाने युवाहरूको यस्तो अवस्था छ भने स्वदेशमा रहेका युवामध्ये २ दशमलव ३ प्रतिशत मात्र पूर्णकालीन रोजगारीमा छन् । कुल युवामध्ये २८ दशमलव ३ प्रतिशत युवा अर्ध बेरोजगारीको अवस्थामा छन् । विभिन्न संकायमा स्नातक गरेका युवा २६ प्रतिशत मात्र बेरोजगार छन् । बेरोजगार युवा बरालिएका छन् । उल्लेखित डाटाले देशका युवाशक्ति खेर गइरहेको देखाउँछ । यति ठूलो संख्यामा खेर गइरहेको युवा ऊर्जालाई सदुपयोग नगरेसम्म देशमा विकास निर्माणको गति अगाडि बढ्न नसक्ने कुरा राज्यले बुभ्mन जरुरी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)