मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

‘स्ट्रेट अफ हर्मुज इरानको होइन’

barnanmedia.com · Sun Apr 12 19:15:00 GMT 2026

स्ट्रेट अफ हर्मुज बन्द गर्ने इरानी प्रयासको संयुक्त अरब इमिरेट्स (युएई) का उद्योग मन्त्री तथा अबुधाबीको सरकारी तेल कम्पनीका प्रमुख सुल्तान अहमद अल जाबेर कडा विरोध गरेका छन् । स्ट्रेट बन्द गर्न वा खोल्नका लागि इरानको नभएको उनले बताए ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै अल जाबेरले उक्त स्ट्रेट “कहिल्यै पनि इरानको नियन्त्रणमा नरहेको” र यसलाई बन्द वा प्रतिबन्ध गर्ने कुनै अधिकार नभएको बताएका छन्। उनले यस्तो कदमलाई “विश्वव्यापी आर्थिक जीवनरेखा अवरुद्ध गर्ने र ऊर्जा, खाद्य तथा स्वास्थ्य सुरक्षामाथि प्रत्यक्ष खतरा” का रूपमा वर्णन गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)