मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मोरक्कोको प्रदर्शनमा गर्व

ekantipur.com · Fri Dec 16 01:18:43 GMT 2022

कासाब्लान्का, मोरक्को — मोरक्को आखिरमा विश्वकप फाइनल प्रवेशबाट एकै पाइलाले मात्र चुक्यो । तर, मोरक्कोवासीका लागि कतारमा आफ्नो टिमको प्रदर्शन सर्वथा गर्व गर्न लायक रह्यो । बुधबारको दोस्रो सेमिफाइनलमा मोरक्को डिफेन्डिङ च्याम्पियन फ्रान्सको हातबाट २–० ले पराजित रह्यो । कासाब्लान्काका फुटबलप्रेमी ओसमा अब्दोह भन्छन्, ‘हाम्रा खेलाडीले निकै राम्रो खेले तर भाग्य हाम्रो टिमको पक्षमा रहेन ।’

उनी थप्छन्, ‘जसरी हाम्रो टिमले डिफेन्डिङ च्याम्पियन फ्रान्सविरुद्ध खेल्यो, त्यो आफैंमा अद्वितीय छ । यो मोरक्को टिमले हामीलाई सपना देख्न प्रेरित गरेको छ, त्यो पनि अन्त्यसम्म । यसै कारण यो टिमप्रति मेरो सलाम छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)