आजको मौसमः यी स्थानहरुमा भारी वर्षा हुने
nepalipatra.com · Thu Jan 01 05:30:00 GMT 1970
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशभर सामान्य बदली रही प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका केही स्थानहरू र बाकी प्रदेशका एकदुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।
दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)