अर्थमन्त्री शर्मा र बैंकर्सबीच छलफल
rajdhanidaily.com · Fri Nov 12 23:27:52 GMT 2021
काठमाडौं । हाल मुलुकको बैंकिङ प्रणालीमा तरलता अभाव भएपछि अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार नेपाल बैंकर्स संघसँगका पदाधिकारी तथा अन्य बैंकर्सहरूसँग छलफल गरेका छन् ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री शर्माले कर्जा प्रवाह धेरै भएको तर त्यो पैसाको प्रभाव नदेखिएको भन्दै चिन्ता व्यक्त गरे । उनले बैंकर्ससँग जुन प्रकारले कर्जा प्रवाह भएको छ सोहीअनुरूपको आर्थिक विकास नभएको बताए । यसैगरी, अर्थमन्त्री शर्माले कर्जा प्रवाहको कुनै असर नदेखिएको भन्दै अध्ययन गर्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)