झापामा मोटरसाइकलसँग दुई वटा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
annapurnapost.com · Wed Jan 04 16:54:00 GMT 2023
झापा : झापाको कमलमा एउटा मोटरसाइकलसँग दुई वटा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङ जिल्ला मिक्लाजुङ गाउँपालिका- ७ निवासी ३८ वर्षीय नरेन्द्र सेलिङ रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए।
प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका-५ स्थित लवडाडामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १-०१-०१६ प २०९४ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको मे २ प २१५७ नम्बरको मोटरसाइकल तथा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको प्र १-०१-०१५ प ७४८७ नम्बरको स्कुटर एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)