सशस्त्रमा एआईजीमा पोखरेल सिफारिस, खड्का र अर्याल डीआईजी बढुवामा
barnanmedia.com · Wed May 20 04:50:49 GMT 2026

काठमाडौं । गृहमन्त्रालयले सशस्त्र प्रहरी बल नेपालमा रिक्त रहेको अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा डीआईजी अन्जनीकुमार पोखरेललाई बढुवा सिफारिस गरेको छ। मंगलबार गृह मन्त्रालयमा बसेको बढुवा सिफारिस समितिको बैठकले पोखरेललाई एआईजीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो।
सशस्त्र प्रहरीमा एआईजीको दुई दरबन्दी रहेकामा एक पद रिक्त थियो। हाल पोखरेल सशस्त्र प्रहरी बलको बागमती प्रदेश प्रमुखका रूपमा कार्यरत छन्। नारायणदत्त पौडेल प्रहरी महानिरीक्षक (आईजीपी) बनेपछि एआईजी पद खाली भएको थियो। त्यसैगरी, एसएसपी राजेन्द्र खड्कालाई डीआईजीमा बढुवा सिफारिस गरिएको छ भने एसपी संजय भट्टराईलाई एसएसपीमा बढुवा सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)