बनाउने भनिएका २७ सुरुङमा दुई मात्र निर्माणाधीन
ekantipur.com · Mon Nov 13 02:30:36 GMT 2023
काठमाडौँ — पछिल्लो ५ वर्षयता राजनीतिक दबाबमा नयाँ–नयाँ ठाउँमा अध्ययन गर्ने भन्दै प्रत्येक बजेटमा नाम थपेर सुरुङको संख्या मात्र २७ पुर्याइएको छ । निर्माण भने दुई सुरुङको मात्र अघि बढाइएको छ । नागढुंगा–सिस्नेखोला र पाल्पाको सिद्धबाबा सुरुङको निर्माण थालिए पनि आसलाग्दो प्रगति छैन । समयभित्रै निर्माण सक्ने भन्दै अघि बढाइएको नागढुंगा–सिस्नेखोला सुरुङको काम अझै सकिएको छैन ।
मुख्य सुरुङ २.६८८ किमिमध्ये २ सय मिटर खन्न बाँकी छ । गत साउन २२ मा आपत्कालीन उद्धार सुरुङको ‘ब्रेक थ्रु’ भएको थियो । २.५५७ किमि दूरी रहेको उक्त आपत्कालीन सुरुङको ‘ब्रेक थ्रु’ भएसँगै अहिले फिनिसिङको काम भइरहेको छ । यो सुरुङमा यातायात चल्न भने अझै एक वर्ष लाग्नेछ । पटकपटक म्याद थप्दा पनि यसको काम सकिएको छैन । एक महिनाभित्र मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भए पनि फिनिसिङको काम सक्न समय लाग्ने आयोजनाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)