मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अफगानिस्तानलाई सहयोग गर्दै नेपाल

annapurnapost.com · Sat Jan 15 15:21:00 GMT 2022

काठमाडौं : तालीबान सरकारले सत्ता कब्जा गरेसँगै मानविय संकट उत्पन्न भएको अफगानिस्तानलाई नेपाल सरकारले सहयोग सामग्री पठाउने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार मानवीय सहायता सामग्रीसहित आइतबार परराष्ट्र मन्त्रालयको नेतृत्वमा टोली काबुल जानेछ।

आइतबार बिहान ७:४५ मा परराष्ट्रमन्त्री नारायण खड्काले पत्रकार सम्मेलनमार्फत अफगानिस्तानलाई उपलब्ध गराउने सहयोगका बारेमा जानकारी गराइने परराष्ट्र प्रवक्ता सेवा लम्सालले अन्नपूर्णलाई जानकारी दिइन् ।उनले भनिन्, ‘आइतबार बिहान पत्रकार सम्मेलन छ । सो कार्यक्रममा परराष्ट्रमन्त्री ज्यूले अफगानिस्तानलाई के–के सामग्री सहयोगस्वरूप उपलब्ध गराउने जानकारी गराउनुहुनेछ । ’औषधि, लत्ताकपडा र अन्य सामग्रीसहित टोली अफगानिस्तानको काबुल जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)