प्रचण्डलाई मोदीले भेट नदिनुको अर्थ
onlinekhabar.com · Sun Jul 17 17:06:32 GMT 2022
१ साउन, काठमाडौं । तीन दिने भारत भ्रमणका लागि शुक्रबार दिल्ली उड्नुपूर्व त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए, ‘भारत सरकारका प्रधानमन्त्री र पदाधिकारीसँग भेट हुने भएकाले यो भ्रमण महत्वपूर्ण छ ।’ तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नगरी प्रचण्ड आइतबार साँझ स्वदेश फर्किएका छन् ।
अन्तिम समयमा आएर भेट नहुने खबर आएको भन्दै उनले ‘टेन्सन छैन’ भन्दै आफ्नो टेन्सन व्यक्त गरे । ‘एक बजेदेखि प्रधानमन्त्री मोदीसँग भेट हुन्छ भन्ने थियो,’ मोदीसँग भेट हुन नसक्नुको विषयमा अनभिज्ञता प्रकट गर्दै प्रचण्डले भने, ‘एक बज्न लागेपछि हतार गरेर निस्कियौं । होटल जाने क्रममा अहिले सम्भव भएन भन्ने आयो । किन हो भन्ने तपाईंहरु जस्तै मलाई पनि थाहा छैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
माओवादी केन्द्र