युद्ध रोक्न प्रत्यक्ष संवादको प्रस्तावसहित जेलेन्स्कीले पुटिनलाई पठाए खुला पत्र
annapurnapost.com · Fri Jun 05 03:03:48 GMT 2026

किभ : युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने (प्रत्यक्ष) वार्ताको प्रस्ताव गरेका छन्। युरोपमा जारी युद्धतर्फ अमेरिकी ध्यान पुनः केन्द्रित नभएसम्म पर्खिएर बस्नु गलत हुने उल्लेख गर्दै जेलेन्स्कीले दुई देशबीचको प्रत्यक्ष संवादबाट मात्रै शान्ति सम्भव भएको बताएका छन्।
जेलेन्स्कीले वार्ता अवधिभर पूर्ण युद्धविरामको माग समेत गरेका छन्, जसलाई पुटिनले बिहीबार नै अस्वीकार गरिसकेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने दुई नेताबीच भेटवार्ता हुनु उत्कृष्ट सुरुवात हुने प्रतिक्रिया दिएका छन्। क्रेमलिनले उक्त पत्र प्राप्त भएको र यसबारे पुटिनलाई ब्रिफिङ गरिने पुष्टि गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
भ्लोदोमिर जेलेन्स्की
डोनाल्ड ट्रम्प