क्यानडा र बोस्नियाले बराबरी खेल्दै अंक बाँडे
nepallive.com · Sat Jun 13 00:43:34 GMT 2026
काठमाडौं– सह आयोजक क्यानडाले विश्वकप २०२६ मा शुक्रबार बोस्निया हर्जगोभिनाविरुद्धको खेल १–१ को बराबरीमा टुंग्याएको छ । यस विश्वकपको यो पहिलो बराबरी खेल हो । क्यानडाले विश्वकपमा अंक बटुलेको पनि यो पहिलो अवसर हो ।
क्यानडाको विश्वकपमा यो तेस्रो सहभागिता हो । टोलीले यसअघि १९८६ मा मेक्सिकोमा र २०२२ मा कतारमा विश्वकप खेलेको थियो, तर ती दुवै संस्करणमा क्यानडा सबै खेलमा पराजित रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)