फिफा विश्वकप छनोटमा नेपालको प्रदर्शन
newsofnepal.com · Wed Nov 15 16:16:46 GMT 2023
सन् १९५१ मा अखिल नेपाल फुटबल संघको स्थापना भएपनि सन् १९७० मा मात्र नेपाल फिफाको आधिकारिक सदस्य राष्ट्र बनेको थियो भने फिफाको सदस्यता पाएको पन्ध्र बर्षपछि मात्र नेपालले सन् १९८५ मार्च २ मा विश्वकप छनोट चरणको पहिलो म्याच खेलेको थियो । फिफाको आधिकारिकता पश्चात् सन् १९७० देखि १९८५ सम्म सम्पन्न विश्वकप फुटबलको तीन संस्करणको छनोट खेलमा नेपालको सहभागिता शून्य नै रहेको थियो । सन् १९८५ देखि विश्वकप छनोट चरणमा सहभागिता जनाएको नेपालले सन् १९९४ र २००६ बाहेक अहिलेसम्म आठ पटक छनोट चरणका सम्पूर्ण म्याचहरु खेलेका छन् ।
सन् १९९४ को विश्वकप छनोटमा नेपालले भाग लिएन । सन् १९९४ मा नेपालमा भएको राजनीतिक परिवर्तन र त्यसको अखिल नेपाल फुटबल संघमा परेको असरका कारण नेपालले छनोटमा भाग लिएन । त्यसबेला एन्फाले विश्वकप छनोटमा नाम नै लेखाउन चुकेको थियो । त्यस्तै, सन् २००६ मा दोस्रो पटक छनोट खेलेन । खेलाडी विदेशमा पलायन हुने डर नै यसको मुख्य कारण थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)