मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विवादास्पद निर्णयपछि त्रिवि आउनै छाडे पदाधिकारी

ekantipur.com · Mon Dec 13 00:45:11 GMT 2021

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय सभाबाट विवादास्पद निर्णय लिएपछि उपकुलपति धर्मकान्त बाँस्कोटासहितका पदाधिकारी सातायता कार्यालय आएका छैनन् । मंसिर १४ मा त्रिवि सभाले १० वर्षदेखि करार सेवामा कार्यरत प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय रद्दको माग राख्दै उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा संयुक्त विद्यार्थी संगठनले सातादेखि तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण उपकुलपति बाँस्कोटा, रेक्टर शिवलाल भुसाल र रजिस्ट्रार पेशल दाहाल विश्वविद्यालय आउन छाडेका हुन् । उपकुलपति बाँस्कोटाले घरबाटै काम गर्ने गरेको एक कर्मचारीले बताए । त्रिविका प्रवक्ता योगेन्द्रप्रसाद दाहालले कार्यालय बन्द भए पनि पदाधिकारीले अन्य कार्यालयबाट काम गर्ने गरेको जनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)