भारतीय एकदिवसीय क्रिकेट टिमको कप्तानी पनि रोहितलाई
ekagaj.com · Wed Dec 08 17:13:03 GMT 2021
काठमाडौँ - भारतीय एकदिवसीय टिमको कप्तानी रोहित शर्माले पाएका छन् । भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले टी ट्वान्टीपछि एकदिवसीय टिमको कप्तानी पनि रोहित शर्मालाई दिएको हो ।
दक्षिण अफ्रिका भ्रमणअघि बीसीसीआईले एकदिवसीयमा पनि विराट कोहलीको नेतृत्वलाई निरन्तरता दिन अस्वीकार गर्दै रोहितलाई जिम्मेवारी सुम्पेको हो । यसअघि विराटले टी ट्वान्टी क्रिकेटको कप्तानी छाडेपछि रोहितलाई जिम्मेवारी दिइएको थियो । पछिल्लो समय कोहली टेस्ट क्रिकेटमा केन्द्रित हुने बताएपछि रोहितलाई एक कदम अगाडि नै एकदिवसीय क्रिकेटको कप्तानी दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)