सीमा बिबादलाई लिएर दुई जिल्लाका बासिन्दाबीच झडप, एक जना प्रहरीसहित पाँच जना घाइते
rajdhanidaily.com · Wed May 20 05:18:32 GMT 2026

बाजुरा । बाजुराको हिमाली गाउँपालिका –३ लाम्पाटामा बाजुराबाट अस्थाई प्रहरी चौकी निर्माण गार्नका लागि हिजो मंगलबार छलफल भइरहेका बेला हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थाली गाउँका स्थानीयले सहमति बेगर बनाएको भन्दै आक्रमण गर्दा बाजुराका १ प्रहरीसहित ५ जना घाइते भएका छन् ।
लाम्पाटा क्षेत्रमा पर्यटकीय सम्भावना र प्रचुर जडीबुटीको सम्भावना र सैपाल हिमालको पुर्बित्तर बेसक्याम्प रहेका रानिसैन क्षेत्र आएआर्जनको ठूलो सम्भावना भएका कारण भएका कारण दुबै जिल्लाका स्थानीयबीच हरेक बर्ष झडप हुँने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)