पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती अन्त्य गर्न चाहान्छाैं: मन्त्री गौतम
nagariknews.nagariknetwork.com · Sat Jul 04 10:12:01 GMT 2026

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार निर्माण तीव्रत्तर गतिमा अगाडि बढोस् भन्ने चाहनाका साथ सरकारले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गरेको बताएकी छन्।
राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,२०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्दै मन्त्री गौतमले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरिएको बताइन्। मन्त्री गौतमले प्रस्तुत गरेको सो प्रस्तावलाई सभाको सर्वसम्मतिले स्वीकृत गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)