‘एआईमा नेपाल–भारत सहकार्य आवश्यक’
gorkhapatraonline.com · Sat Jun 13 00:49:01 GMT 2026

नेपाल र भारतबिच कृत्रिम बुद्धिमता (एआई) र यसमा आधारित उद्यममा आपसी सहकार्य विस्तार गर्नुपर्ने औँल्याइएको छ । नेपाल–भारत उद्योग वाणिज्य सङ्घ (निक्की)ले नेपालस्थित भारतीय दूतावाससँगको सहकार्यमा आयोजना गरेको दुवै देशका व्यवसाय, सरकार, प्राज्ञिक र प्रविधि क्षेत्रका नेतृत्वकर्ताबिचको अन्तव्रिर्mयामा एआई जस्ता उदीयमान प्रविधिमा नेपाल–भारतबिच साझेदारीको ठुलो सम्भावना रहेको र त्यसलाई उपलब्धिमा रूपान्तरण गर्न सके आर्थिक, प्राविधिक तथा पारस्परिक सम्बन्धका हिसाबले लाभदायी हुने औँल्याइएको हो ।
कार्यक्रममा ‘सर्वम एआई’ का सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा. प्रत्यूष कुमारले उदीयमान मुलुकले अन्यत्र विकास गरिएका एआई उपकरण मात्र अपनाउनेभन्दा पनि आफ्नै जनसङ्ख्या, भाषा र प्रयोगका आवश्यकता अनुकूल हुने सार्वभौम क्षमता निर्माण गर्न उपयुक्त हुने बताउनुभयो । सर्वम एआई भारतलगायत दक्षिण एसियामा फुल–स्ट्याक जेनेरेटिभ एआई र स्थानीय भाषाका एआई प्रणाली निर्माण गर्ने कम्पनी हो । प्रतिभा विकास, अनुसन्धान पूर्वाधार र नीतिगत व्यवस्थासहितको भारतको एआई समग्र प्रणालीको रूपरेखा प्रस्तुत गर्दै डा. कुमारले एआई अपनाउने प्रारम्भिक चरणमा रहेका देशका लागि सीमान्तकृत जनसङ्ख्यासम्म पुग्न स्थानीय भाषाका मोडेलहरू अत्यन्तै उपयोगी हुने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)