वीरगन्जका औद्योगिक क्षेत्र संकटग्रस्त अवस्थामा
rajdhanidaily.com · Wed Apr 20 23:24:43 GMT 2022
वीरगन्ज । मुलुकको पुरानो औद्योगिक कोरिडोर क्षेत्र अहिले नराम्ररी प्रभावित हुन थालेको छ । कोरोनाको नकारात्मक असरपछि पुनः लयमा फर्कन थालेको यो कोरिडोर क्षेत्र हरेक दिनको लोडसेडिङ र बढ्दो ट्रिपिङ समस्याका कारण नराम्ररी प्रभावित भएको छ ।
अहिले यो औद्योगिक कोरिडोर क्षेत्रका उद्योग प्रतिष्ठान आफ्नो क्षमताको २५÷३० प्रतिशत मात्र सञ्चालन रहेको वीरगन्ज उद्योग वाणिज्य संघले जनाएको छ । छिनछिनको विद्युत् कटौती र ट्रिपिङ समस्याले उद्योग प्रतिष्ठानका कच्चा पदार्थ नोक्सान हुनुका साथै उत्पादनको गुणस्तरमा ह्रास हुँदा सञ्चालनमा नै सकस भएको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)