महाधिवेशनको महाकुम्भमा कांग्रेस
reportersnepal.com · Sat Dec 11 00:47:52 GMT 2021
काठमाडौं, मंसिर २५। ‘उत्साह, एकता, रूपान्तरण, सफल बनाऔं नेपाली कांग्रेसको १४औं महाधिवेशन’ भन्ने मूल नारासहित नयाँ नेतृत्व चयन गर्न कांग्रेसको १४औं महाधिवेशन शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ । कांग्रेसले नयाँ नेतृत्व चयन गर्न भइरहेको महाधिवेशनलाई महाकुम्भका रूपमा लिएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा सुुरु महाधिवेशमार्फत कांग्रेसले पार्टीको १ सय ६७ सदस्यीय केन्द्रीय समितिमध्ये १ सय ३४ जनालाई निर्वाचन प्रक्रियामार्फत चयन गर्न लागेको हो । कांग्रेसको शीर्ष तहमा रहने सभापतिसहित १३ पदाधिकारीसमेत सोही संख्याअन्तर्गत निर्वाचन प्रक्रियाबाटै चयन हुनेछन् । महाधिवेशनको शुक्रबार सभापति शेरबहादुर देउवाले विधिवत् उद्घाटन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)