पाँचवटा सांस्कृतिक सम्पदा राष्ट्रिय सूचीकरणमा
kendrabindu.com · Sat Jun 13 00:51:04 GMT 2026

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्ष विभिन्न पाँच वटा सांस्कृतिक सम्पदालाई राष्ट्रिय सूचीकरण गरेको छ ।
माझी समुदायले अभ्यास गर्ने लदी पूजा, मगर समुदायले मनाउने भूमे पर्व, मध्यपुर थिमी नगरपालिका वडा नं. ८ बोडेका श्रेष्ठ, ज्यापु, नकर्मीलगायत नेवाः समुदायले मनाउने जिब्रो छेड्ने जात्रा, सोही स्थानका नेवाः समुदायले मनाउने श्री नीलबाराही गण नाचलाई राष्ट्रिय सूचीकरण गरिएको मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ