मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

क्रिस्टल प्यालेससँग एभर्टनको बराबरी

ekantipur.com · Tue Feb 20 00:47:00 GMT 2024

काठमाडौँ — मिडफिल्डर एमाडोउ ओनानाले खेलको अन्त्यतिर गरेको गोलमा एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार क्रिस्टल प्यालेसलाई १–१ को बराबरीमा रोकेको छ । प्यालेसले नयाँ व्यवस्थापकका ओलिभर ग्लासेनरलाई नियुक्त गरेलगत्तै यो बराबरी निकालेको हो ।

गुडसन पार्कमा भएको खेलमा जोर्डन एयेको गोलले प्यालेसले अग्रता लिएको थियो । यो नतिजापछि एभर्टनले रेलिगेसन क्षेत्र छाडेको छ । उसको स्थानमा लुटन टाउन गोल अन्तरको आधारमा १८ औं स्थानमा झरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)