यसकारण अन्तिम समयमा भंग भयो संसद् खोल्ने सहमति
nepalsamaya.com · Sun Jul 09 16:25:00 GMT 2023
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ शर्त अघि सारेपछि अन्तिम समयमा संसद् खोल्ने सहमति भंग भएको छ। अध्यक्ष ओलील प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएपछि मात्रै संसद् अवरोध हट्ने बताएका छन्। संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डका कारण संसद बन्द भएको आरोप लगाएका छन्।
उनले आफूहरु सकारात्मक भए पनि प्रधानमन्त्री कै कारण संसद बैठक सरेको आरोप लगाएका छन्। उनले एमालेमाथि लगाइएको गम्भीर आरोपहरु फिर्ता नभएकाले सहमत हुन नसकेको जिकिर गर्दै प्रधानमन्त्रीको राजीनामा नआए संसद चल्न नसक्ने दाबी गरेका छन्। उनले एमालेमाथि लगाइएका आरोपहरु फिर्ता लिनुपर्ने शर्तसमेत राखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)