युद्धभूमिमा फसेकालाई तत्काल उद्धार गर
annapurnapost.com · Tue Oct 10 00:25:35 GMT 2023
कठिन र नागरिक समस्यामा पर्दा नै सरकारले भूमिका देखाउन सक्नुपर्छ। तत्काल युद्ध क्षेत्रमा फसेका नेपालीको उद्धारमा सरकारले कुनै कसर बाँकी नराखोस्।
विदेशी भूमिमा आफ्नैअघि साथीहरूको हत्या हुँदा मन कस्तो हुँदो हो ? तीन दिनदेखि इजरायलका विभिन्न क्षेत्रमा अलपत्र परेका र बंकरमा लुकेर ज्यान बचाइरहेका छन् नेपाली। यस्तो बेला उद्धारका लागि हारगुहार गर्नुको विकल्प पनि छैन। पलपल ज्यानको बाजी थापिरहेका उनीहरूले हारगुहार गरिरहे पनि नेपाल सरकारले भने हालसम्म उद्धारको कुनै काम गर्न सकेको छैन। अन्य देशले आफ्ना नागरिक धमाधम उद्धार गरी स्वदेश ल्याइरहेको छ। नेपालमा भने बल्ल सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उद्धारको पहल गर्ने र त्यसका लागि आवश्यक समन्वय अघि बढाउने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)