खोटाङका चार सडक कालोपत्रे गर्न जिल्ला समन्वय समितिको माग
ratopati.com · Mon Apr 17 06:29:00 GMT 2023
खोटाङ । जिल्ला समन्वय समिति खोटाङले चार वटा सडक कालोपत्रे गर्नका लागि बजेट व्यवस्था गर्न भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालासमक्ष माग राखेको छ । मन्त्री ज्वालालाई आइतबार मागपत्र बुझाउँदै जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले हुर्लुङ–जालपा–ऐसेलुखर्क सडक, जालपा–बाक्सिला सडक, धाप्लाङ–धर्तुङ–चिसापानी–डम्बर्खुशिवालय–भञ्ज्याङखर्क सडक र ग्राभेल भइसकेको साप्सु खोला मात्तिम–मानेभञ्ज्याङ–खिदिमा–पान्धारे भोजपुर सडक कालोपत्रे गर्नका लागि प्राथमिकता क्रमभित्र राखेर बजेट व्यवस्था गरिदिन माग गरेका हुन् ।
जिल्ला समन्वय समितिको चैत २५ गतेको सातौं जिल्लासभाको निर्णय अनुसार जिल्लाको प्राथमिकता क्रमभित्र राखिएका र दुईभन्दा बढी पालिका समेट्ने सडक कालोपत्रेको व्यवस्थाका लागि भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय समक्ष माग राखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)