मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्व कप छनोट प्लेअफमा नामिबियाले पीएनजीलाई ४८ रनले हरायाे

Ujyaaloonline.com · Thu Mar 30 00:48:23 GMT 2023

काठमाण्डाै - आईसीसी विश्व कप छनोट प्लेअफको हिजो भएको खेलमा पपुवा न्यु गिनी (पीएनजी) ले लगातार दोस्रो हार ब्यहोरेको छ । घरेलु टोली नामिबियाले पीएनजीलाई ४८ रनले हराएको हो । नामिबियाले दिएको ३ सय ८२ रनको लक्ष्य पछ्याएको पीएनजी ४६ ओभर २ बलमा ३ सय ३३ रनमा अलआउट भयो ।

पीएनजीका चार्ल्स अमिनीले १ सय ९ रनको शतकीय पारी खेले । कप्तान असद भालाले ५७ तथा सेसे बाउले ५४ रन बनाए । नामिबियाका रुबेन ट्रम्पलम्यान र बेर्नहार्ड स्कोल्टर्जले समान ३/३ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ८१ रन बनाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)