मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पौवादुङमाका किसान अदुवा खेतीमा आकर्षित

nagariknews.nagariknetwork.com · Sat Jun 13 00:48:57 GMT 2026

परम्परागत बालीमा बाँदरको बढ्दो क्षतिका कारण समस्या झेलिरहेका यहाँको पौवादुङमा गाउँपालिकाका किसान अहिले वैकल्पिक नगदेबालीतर्फ आकर्षित हुन थालेका छन्। विशेषगरी अदुवा खेतीलाई सुरक्षित र आम्दानीमुखी विकल्पका रूपमा लिँदै गाउँपालिकाले योजनाबद्ध रूपमा अदुवा खेती विस्तारमा जोड दिएको हो।

कृषिमा आधुनिकीकरण तथा किसानको आयस्तर वृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले अदुवा खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको हो। अदुवा खेती विस्तारको लागि गाउँपालिकाले रु २० लाखको कार्यक्रम सञ्चालन गरेको छ। जसमा गाउँपालिकाको रु १० लाख र किसानको रु १० लाख लागत साझेदारी रहेको छ। यस कार्यक्रममार्फत वडा नं ६ ठूलोदुम्माका सात वटा कृषि फर्मलाई अनुदान सहयोग प्रदान गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय