मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइदै

shilapatra.com · Sat Jun 13 00:53:00 GMT 2026

तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वन र करादिन सामुदायिक वनमा रुद्राक्ष पकेट क्षेत्र बनाइने भएको छ । अनुसन्धानको क्रममा रुद्राक्ष उत्पादनको लागि उपयुक्त वातावरण देखिएपछि यस स्थानका दुई सामुदायिक वनमा रुद्राक्ष रोपण गरिने भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।

दुई सामुदायिक वनको तीन हेक्टर क्षेत्रफलमा पकेट क्षेत्रको रूपमा विकास गर्दै रुद्राक्ष रोपण गर्न लागिएको प्रमुख डिभिजन वन अधिकृत मनोज रानाभाटले जानकारी दिए । 'ठूलो परिमाणमा तनहुँमा पहिलो पटक रुद्राक्ष रोपण गर्न लागिएको हो', उनले भने, 'यस क्षेत्रको मागका साथै उत्पादन राम्रो हुने भएपछि पकेट क्षेत्रको रूपमा विकास गर्ने योजना बनाइएको छ ।'

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)