मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

निराश हुनबाट मुक्ति पाउनु छ? अपनाउनुहोस् यी ५ उपाय

swasthyakhabar.com · Sat Aug 26 00:46:00 GMT 2023

काममा सक्रिय: धेरैमा डिप्रेसनको साझा कारण पर्याप्त रुचि वा गतिविधिको अभाव हो। जतिखेर पनि दिक्क मान्ने गर्नाले डिप्रेसन बढ्दै जान्छ। शारीरिक स्वास्थ्य जस्तै मानसिक स्वास्थ्यमा पनि रुचि बढाउनु र विभिन्न गतिविधिमा संलग्न हुनु निकै महत्वपूर्ण हुन्छ। यसले आत्मसम्मान र खुसी प्रदान गर्छ। हरेक कुरामा रुचि राख्दा सन्तुष्टि र आफ्ना बारेमा राम्रो महसुस गर्न सहगोग गर्छ। यसले समस्या र नकारात्मक सोचबाट दिमागलाई टाढा भगाउँछ। रुचि बढाउने केही तरिका छन्। जस्तै: घरको सामान्य काममा व्यस्त हुने, बिरामी वा बूढा मानिसलाई भेटेर उनीहरुका समस्या बुझ्ने वा करेसाबारीमा गएर तरकारी गोडमेल गर्ने इत्यादि डिप्रेसन घटाउने सहज तरिका हुन सक्छन्।

सकारात्मक सोच : डिप्रेसनमा नकारात्मक सोच हाबी भइरहेको हुन्छ। निराश मानिसहरुले आफ्ना उपलब्धि, क्षमता र गुणहरुलाई बिस्तारै कम गर्दै लैजान्छन्। खुसी मानिसहरुले पनि निराश हुने मानिसले झैँ असफलता, निराश, अस्वीकारोक्ति, नकारात्मक संवेग, पीडा, ठूलो चिन्ता अनुभव गर्छन्। तर, पीडालाई सहर्ष स्वीकारेर सकारात्मक सोच राख्छन्। उनीहरुले यसलाई जीवनको सामान्य अंशका रुपमा लिन्छन्। यसले उनीहरुलाई अझै बढी खुसी बनाउनुका साथै सामाजिक जीवनमा सुधार ल्याउँछ। पीडाको समयमा खुसीसाथ बाँच्नु एउटा साहसिक छनोट पनि हो।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)