लुम्बिनीविरुद्ध मधेस १२४ रनमा अलआउट
nepalviews.com · Fri Mar 27 06:12:57 GMT 2026

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशविरुद्ध मधेस प्रदेश १२४ रनमा अलआउट भएको छ ।
जनकपुरको नारायणी क्रिकेट मैदानमा जारी खेलमा मधेस ३८.१ ओभरमा १२४ रनमा अलआउट भएको हो । मधेसका लागि मयन यादवले सर्वाधिक ३१ र मोहम्मद आदिल आलमले २३ रन बनाए ।
मधेसलाई सस्तैमा प्याक गर्न सन्देश थापा र सन्तोष यादवले ३–३ विकेट लिए । अजय चौहानले २ तथा निर्मल गुरुङले १ विकेट लिए ।
टस जितेर मधेसले पहिले ब्याटिङ रोजेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)