अहिलेको ग्रे लिस्ट अवस्था पछिल्लो ३० वर्षको कुशासन प्रतिफल हो : अर्थमन्त्री
onlinekhabar.com · Wed May 20 05:32:47 GMT 2026

६ जेठ, काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अहिलेको ग्रे लिस्ट अवस्था पछिल्लो ३० वर्षको कुशासनले प्रतिफल भएको बताएका छन् । अर्थ मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको समन्वयमा मंगलबार भएको एसिया प्यासिफिक ग्रुप अफ मनी लाउन्डरिङ (एपीजी) को इन्टरनेसनल कोअपरेसन रिभ्यु ग्रुप (आईसीआरजी) को कार्ययोजना सम्बन्धी छलफलमा उनले यस्तो बताएका हुन् ।
एपीजीका प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री डा. वाग्लेले सम्पूर्ण सामर्थ्य लगाएर नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘अहिलेको ग्रे लिस्टको अवस्था पछिल्लो ३० वर्षको कुशासनको प्रतिफल हो ।’ उनले नयाँ सरकार गठन भएपछि सुशासनका सवालमा भएका काम सबैले अनुभूत गर्ने किसिमको भएको दाबी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)