मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हैदराबाद हाउसमा रेल उद्घाटन, जनकपुरमा प्रतीक्षा

ekantipur.com · Sat Apr 02 00:49:38 GMT 2022

जनकपुर — जनकपुर–जयनगर रेल सेवा उद्घाटनको प्रतीक्षामा छ । बेहुलीझैं सिंगारिएको रेल शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले हरियो झन्डा देखाएपछि जयनगरबाट कुर्थाका लागि गुड्नेछ । नेपाली रेलको भारतको नयाँदिल्लीस्थित हैदराबाद हाउसमा देउवा र मोदीले भर्चुअल उद्घाटन गर्ने कार्यक्रम छ । रेल नियमित चल्ने भएपछि जनकपुरको माहोल उत्सवमय छ ।

भारतको ठूलो जक्सन जयनगरदेखि नेपालको पूर्वपश्चिम राजमार्गको बर्दिवासमा जोडिएको ब्रोडगेज रेल्वेअन्तर्गत उद्घाटनपछि रेलले हाल जयनगरदेखि कुर्थासम्म यात्रु ओसार्ने काम नियमित हुनेछ । नेपाल रेल्वे कम्पनीका महानिर्देशक दीपककुमार भट्टराईका अनुसार नेपाल–भारत सीमाको जयनगरमा सजाएर राखिएको रेललाई शनिबार मध्याह्न १२:१५ बजे दुवै देशका प्रधानमन्त्रीले हरियो झन्डा देखाउने कार्यक्रम तय छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)