नेपाल आए भाजपा विदेश विभाग प्रमुख चौथाइवाले
ekantipur.com · Sun Apr 16 16:57:23 GMT 2023
काठमाडौँ — भारतको सत्तारूढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले धनगढी आएका छन् । उनी धनगढीमा जारी मानसखण्ड सम्मेलन समापन समारोहमा सहभागी हुन सडकमार्गबाट आएका हुन् । उनलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक योजनामन्त्री प्रकाश देउवा र आर्थिक मामिलामन्त्री नरेश शाहीले स्वागत गरे ।
सुदूरपश्चिम सरकारको सहयोग तथा सुदूरपश्चिम विश्वविधालय, भारत उत्तराखण्डको कुमाऊ विश्वविद्यालयको संयुक्त आयोजनामा भइरहेको सम्मेलनको समापन समारोहमा प्रमुख वक्ताका रूपमा चौथाइवालेले सम्बोधन गर्ने कार्यक्रम छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)