मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गठबन्धनको चित्त नदुखाउनुहोस् : प्रधानमन्त्री देउवा

annapurnapost.com · Wed Mar 09 06:40:00 GMT 2022

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन र प्रतिपक्षी दलका नेताहरूको चित्त दुख्ने खालका अभिव्यक्ति नदिन पार्टीका शिर्ष नेताहरूलाई निर्देशन दिएका छन्। स्थानीय तह चुनावसम्बन्धी अभियानका लागि केन्द्रीय प्रतिनिधिसँग मंगलबारको छलफलमा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।

‘प्रधानमन्त्रीज्यूले गठबन्धन दलका नेताहरूको चित्त दुख्ने गरी कुरा नगर्नू भन्नुभयो, ‘प्रधानमन्त्री देउवाको भनाई उदृत गर्दै एक नेताले भने, ‘कोही अन्तर्वार्ता दिन जानुहुन्छ, कोही सार्वजनिक कार्यक्रममा बोल्नुहुन्छ। आफ्नो भनाइले कतै राजनीतिक समिकरणलाई नै असर पर्छ कि भन्नेतर्फ ध्यान दिनुहोला।’

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)