धौलागिरि प्रादेशिक अस्पतालमा डायलसिस सेवा विस्तार
gorkhapatraonline.com · Sat Jun 13 01:08:42 GMT 2026

धौलागिरि प्रादेशिक अस्पताल, बागलुङमा डायलसिस गर्नुपर्ने मृगौला रोगीको संख्या बढ्दै गएपछि सेवा क्षमता विस्तार गरिएको छ। गण्डकी प्रदेश सरकारको २० लाख रुपियाँ बजेटमा आवश्यक पूर्वाधार निर्माण गरी डायलसिस कक्ष विस्तार गरिएको हो।
हाल दैनिक ६४ जना बिरामीलाई डायलसिस सेवा दिइरहेको अस्पतालले थप २० जनालाई सेवा दिन सक्ने गरी कक्ष विस्तार गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारीले जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)