साउदीद्वारा शैक्षिक प्रमाण माग स्थगन
ekantipur.com · Tue Jun 13 01:09:58 GMT 2023
काठमाडौँ — साउदी अरेबियाले साधारण काम (अदक्ष) मा जाने कामदारसँग पनि शैक्षिक योग्यताको प्रमाणपत्र माग्ने निर्णय तत्कालका लागि स्थगन गरेको छ । काठमाडौंस्थित साउदी दूतावासले आइतबार सूचना जारी गर्दै सोमबारदेखि प्रमाणित शैक्षिक योग्यता भएकालाई मात्रै भिसा जारी गर्ने जनाएको थियो ।
साउदी सरकारको उक्त निर्णयले कामदारलाई सास्ती दिने र कामदार पठाउने प्रक्रिया झन्झटिलो बन्ने भन्दै व्यवसायीले विरोध गरेका थिए । निर्णय फिर्ता नलिए कामदार पठाउने प्रक्रिया रोक्ने उनीहरूले चेतावनीसमेत दिएका थिए । क्षमता र सीपअनुसार कामदारको छनोट भइसकेपछि भिसा लगाउने बेला शैक्षिक प्रमाणपत्र खोज्ने कार्य अनावश्यक दुःख दिने काम मात्रै भएको उनीहरूको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)