अमेरिका ३२ वर्षपछि घरेलु मैदानमा विश्वकपको पहिलो खेल खेल्दै
kendrabindu.com · Sat Jun 13 01:17:53 GMT 2026
लस एन्जल्स — आयोजक अमेरिकाले लस एन्जल्समा पाराग्वेसँग खेलेर विश्वकप २०२६ को यात्रा प्रारम्भ गर्दैछ । अमेरिकाले घरेलु भूमिमा ३२ वर्षपछि विश्वकपको पहिलो खेल खेल्न लागेको हो । अमेरिकाले सन् १९९४ पछि पहिलो पटक विश्वकप आयोजना गर्दैछ ।
एउटा लक्ष्यमा पुग्नलाई लस एन्जल्सको सोफी रंगशालामा आज शनिबार बिहान पौने ७ बजे हुने खेलमा कुनै गल्ती गर्न नहुने उनीहरूले राम्रोसँग बुझेका छन् । अमेरिकाका मुख्य प्रशिक्षक माउरिसिओ पोचेटिनोले समूह ‘डी’ बाट अगाडि बढ्न भन्दा पनि माथि जानका लागि आफ्नो टोलीसँग धेरै अपेक्षा राखेको जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)