डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित, एक पदमा मात्रै निर्वाचन
nepalpress.com · Sat Jun 13 01:17:59 GMT 2026

काठमाडौँ । उर्जा उत्पादकहरुको संस्था (इप्पान)मा नयाँ कार्यसमिति चयन भएको छ । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका मोहन डाँगी विधानअनुसार स्वतः अध्यक्ष भएका छन् भने कोषाध्यक्ष बाहेक अन्य पदमा निर्विरोध निर्वाचित भएका हुन् ।
शुक्रबार भएको इप्पानको बार्षिक साधारणसभामा वरिष्ठ उपाध्यक्षसहित अन्य पदहरुमा उत्तर ब्लोन लामा र बलराम खतिवडा प्यानालसहित चुनावी प्रतिस्पर्धामा थिए । तर, अन्तिममा खतिवडा पक्ष र लामा पक्षबीच सहमति भएपछि विभिन्न पदका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)