मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वादले बर्बाद हुँदै द्रव्यवादमा फसेको मुलुक

rajdhanidaily.com · Wed Aug 31 23:28:49 GMT 2022

नेपालमा राजनीतिको नाममा जनता ठग्ने धन्दाले नेपाली समाज वाक्कदिक्क भएको अवस्था छ । नेपाली कांग्रेसले राजनीतिक सिद्धान्तका रूपमा मान्दै आएको बीपीवाद शेरबहादुरसम्म आइपुग्दा हराएको छ । अहिलेका नेताहरू बीपीवाद होइन, द्रव्यवादमा रमाएका छन् । पैसा कमाएका छन् । सम्पत्ति जमाएका छन् । हुँदाहुँदा त विचार, सिद्धान्त, कार्यशैली केही पनि नमिल्ने माओवादी दलसँग गठबन्धन गरेर चुनावमा होमिँदै छ कांग्रेस । शीर्ष भनिने दुई चारजना नेताहरूको सत्तास्वार्थका लागि गरिएको यस्तो गैरराजनीतिक गठबन्धनलाई इमानदार कांग्रेसजनले नै मन पराएका छैनन् । प्रजातन्त्रको ब्रान्ड भनेर चिनिएको नेपाली कांग्रेसमा बीपी कोइराला, सुवर्ण समशेर, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता सिद्धान्तनिष्ठ नेताहरूको विरासत अहिले सिङ न पुच्छरको भएको छ । कांग्रेसका जुझारुजनमा बीपीवाद खै ? भन्दा पद, प्रतिष्ठा र पैसाको मातले पुरिएको छ भन्ने गर्छन् । यसरी हेर्दा बीपीको समाजवाद, राष्ट्रियता र प्रजातन्त्रको निष्ठाबाट विचलित भएर नेपाली कांग्रेस अहिले द्रव्यवादमा फस्दै जानाले देश बर्बाद भएको छ ।

नेपालमा कम्युनिस्टहरू राजनीतिक सिद्धान्त र वादविहीन दलहरू भएको जानकारहरू बताउँछन् । मुलुकमा कम्युनिस्टको खोल ओढेर कमिसनमा रमाउने दलहरू दर्जनौं छन् । यिनीहरूले माक्र्सवाद, लेलिनवाद भन्छन् । युरोपका अन्य कम्युनिस्ट नेताहरूको नाम पनि जानेका छन् । एकीकृत माक्र्सवादी लेलिनवादी (एमाले)ले पुष्पलाल, मनमोहन र मदन भण्डारीहरूको नाम भजाउने गरेका छन् । यिनीहरूका पार्टी कार्यालयहरूमा विदेशी नेताहरूको फोटो झुन्डिएको छ । कुनै पनि औपचारिक कार्यव्रmममा माक्र्स र लेलिनहरूका तस्बिरहरूमा पूजा गरेर मुड्की ठाडो पारेपछि मात्र जनताहरूलाई झुक्याउने मन्त्र पाठ गर्छन् । अनि, राजनीतिक भागबन्डा र कमाउ नीतिका तानाबानामा कुस्ती खेल्छन् । यिनीहरूले देखाउने विदेशी राजनीतिक गुरुहरू माक्र्स र लेलिन भए तापनि खानपिनका कुराहरू नमिल्नेबित्तिकै सानो सानो झुन्डमा विभाजित हुन्छन् र एकले अर्कोलाई सत्तोसराप गर्ने कर्ममा खरो उत्रन्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)